नेकपाको कार्यदलभित्रै असन्तुष्टि !

आजका पत्रपत्रिका मुख्य समाचार

काठमाडौँ, २४ माघ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकीकरण कार्यदलभित्रै चर्को असन्तुष्टि देखिएको छ । व्यक्तिगत स्वार्थपूर्तिका लागि पार्टी नेतृत्वलाई प्रयोग गर्नेहरुले कार्यदल असफल भएको प्रचार गराएको भन्दै कार्यदलकै नेताहरु असन्तुष्ट भएका हुन् ।

‘हामीले संयोजकलाई काम सम्पन्न गरेर प्रतिवेदन बुझाउनका लागि छिटो बैठक डाक्नुपर्यो भनेको भन्यौ छौँ, डाक्छु भन्नुभएको छ, तर अहिलेसम्म बोलाउनु भएको छैन,’ कार्यदलका सदस्य योगेश भट्टराईले भने । ‘सहज ढंगले काम गर्न दिने हो भने एक–दुई दिनमै प्रतिवेदन तयार पारेर बुझाउन सकिन्छ । तर, कार्यदललाई काम गर्नै नदिएर शीर्ष नेतृत्वलाई खुसी पार्ने, गलत ढंगले प्रयोग गरेर व्यक्तिगत स्वार्थ पूर्ति गर्न चाहनेले अहिले कार्यदल असफल भएको नियोजित प्रचार गराइरहेका छन्’ आजको नयाँ पत्रिकाले लेखेको छ ।

उनले कार्यदल कार्यादेश पूरा गर्न असपल नभएको दाबी गर्दै अध्यक्ष ओली र प्रचण्डसहित पार्टीलाई असफल पारेर व्यक्तिगत स्वार्थ पुरा गर्न चाहने केहीले कार्यदललाई सहज ढंगले काम गर्न नदिएको दाबी गरे ।

नौ सदस्यीय कार्यदलमा रामबहादुर थापा संयोजक छन् । पटक पटक बैठक बोलाउन ध्यानाकर्षण गराउँदा पनि उनले आफू व्यस्त रहेको जानकारी गराएर भेटै नदिने र पन्छाउने गरेको कार्यदलकै अर्का एक सदस्यले बताए । यद्यपि, यसअघिका कतिपय बैठक महासचिव विष्णु पौडेलले पनि बोलाउने गरेकोमा उनी पनि सम्पर्कमा नरहेको केही नेताहरुको आरोप छ ।

Loading...