काठमाडौँ, २४ माघ, बिहिबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने देखिएको छ । पश्चिमी र मध्य भेगका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र पूर्वी भेगका केही स्थानहरुमा हल्का वर्षा हुने प्रबल सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमि र मध्य भू–भागको थोरै स्थानहरुमा भारी वर्षा समेत हुने सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको संम्भावना रहेको छ भने मध्य र पश्चिमी उच्च पहाडी तथा हिमाली भेगको थोरै स्थानहरुमा भारि हिमपातको पनि सम्भावना रहेको देखिन्छ ।
रातको समयमा देशभर सामान्यदेखि पूर्ण बदली रहने देखिएको छ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र १–२ स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएको महाशाखाले जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भेगको थोरै स्थानहरुमा भारि हिमपातको पनि सम्भावना रहेको छ ।
माघ २५ गते शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने देखिन्छ । देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र १–२ स्थानमा भारी वर्षाको समेत सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भेगको १–२ स्थानहरुमा भारि हिमपातको पनि सम्भावना रहेको देखिन्छ ।
शुक्रबार राति पनि देशभर सामान्य बदली रहने देखिन्छ । देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिन्छ साथै पूर्वी भेगका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको संम्भावना रहेको महाशाखाको अनुमान छ ।
माघ २६ गते शनिवार दिउँसो देशको पश्चिमी भेगमा आंशिक बदली रहनेछ भने मध्य र पूर्वी भेगमा सामान्य बदली रहनेछ । मध्य र पूर्वको केही स्थानमा हल्का वर्षा हुनेछ । देशको मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
शनिबार राति देशको मध्य र पूर्वी भेगमा आंशिकदेखि सामान्य बदलि रहनेछ भने पश्चिमी भेगमा सामान्यतया सफा रहनेछ । मध्य र पूर्वको केही स्थानमा हल्का वर्षा हुने छ । देशको मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाको अनुमान छ ।