‘क्रिकेट टोलीले विश्वमा नेपालको सम्मान र इज्जत बढाए’

खेलकुद

ललितपुर, २३ माघ, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वमा नेपालको सम्मान र इज्जत बढाउन सफल भएको भन्दै बधाई तथा शुभकामना दिएका छन् । ऐतिहासिक विजय हासिल गरेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई अध्यक्ष प्रचण्डले मंगलबार खुमलटारस्थित निवासमा भएको भेटमा राष्ट्रिय टीमका खेलाडीलाई बधाई दिएका हुन् ।

प्रचण्डले नेपालको ऐतिहासिक जीतले खुशी भएको बताए । देश समृद्धिको यात्रामा अघि बढेको बेला राष्ट्रिय एकतालाई मजबुत गर्न क्रिकेट खेलमा भएको प्रगतिले ठूलो भूमिका खेलेको उनको भनाई थियो ।

प्रचण्डले राज्यले खेल क्षेत्रलाई विशेष महत्व दिएको र चितवनमा बन्ने स्टेडियमबाट क्रिकेट खेलको विकासमा झन् योगदान पुग्ने उनले बताए । आफ्नो तर्फबाट यो क्षेत्रको विकास र खेलाडीको मनोबल उच्च राख्न सक्दो सहयोग गर्ने समेत अध्यक्षले बताए । अध्यक्षलाई भेट्न नेपाली राष्ट्रिय टोलीका खेलाडीहरु खुमलटार पुगेका थिए ।

Loading...