नेशनल रिडिङ्ग मेला आयोजना हुँदै

मुख्य समाचार शिक्षा

काठमाडौँ, २३ माघ, नेपालमा पठन संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको संस्था शिक्षा नेपालले “नेशनल रिडिङ्ग मेला ३ – नेपाल पढ्दैछ १” को आयोजना गर्ने भएको छ । ‘पढाईको आनन्द मनाऔँ’ भन्ने नाराका साथ फेब्रुवरी ९, २०१९ अर्थात विसं. २०७५ माघ २६ गते शनिबारका दिन उक्त मेला आयोजना गर्न लागेको हो ।

मेलामा एक दर्जन लेखक, विश्लेषक तथा विचारकहरूसँग पठन संस्कृतिलाई जोडेर विभिन्न विषयमा छलफल तथा बहस हुने शिक्षा नेपालका संस्थापक प्रेमबहादुर बोहराले जानकारी दिए ।

त्यसका अलवा मेलामा साहित्यिक तथा साङ्गीतिक प्रस्तुति पनि रहनेछन् । जसले मेलालाई थप अर्थपूर्ण र रोमाञ्चक पार्ने बोहराको भनाई छ ।

शिक्षा नेपालले सन् २०१७ देखि नेशनल रिडिङ्ग मेलाको आयोजना गर्दै आईरहेको छ ।