लेटाङ नगरप्रमुखको अभियान, ‘मेरो सुविधा कटाई देउ, नगरबाट फुसको छानो हटाईदेउ’

प्रदेश मुख्य समाचार विषेश समाचार

गोपाल काफ्ले, पथरी, १९ माघ, ‘ फुसको छानो हटाउ’ अभियान अन्तरगत लेटाङ नगरपालिकाले टिनको छानो वितरण गरेको छ । गरिव तथा बिपन्न घर परिवारको लागि नगरले अघिल्लो आर्थिक वर्षमा १० लाख, चालू वर्षमा ३५ लाख र नगरले गाडी खरिदका लागि छुटाएको रकम ६२ लाखले नगरले फुसको छानो हटाउने अभियान चालू गरेको हो ।

नगरले ४ सय २५ घर परिवारलाई ३५ हजारका दरले एक परिवारलाई ३ बन्डल जस्तापाता वितरण गर्ने भएको छ । नगरले यसै वर्ष १ करोड ४८ लाख ७५ हजार बरावरको टिनपाता खरिद गरी वितरण गर्ने नगर प्रमुख राईले बताए ।

आफूले गाउँगाउँमा सिहदरवार भनेर जनतालाई आश्वासन दिएकोले यो काम गरेको उनी बताउँछन् । आफ्नो नगरका घरहरु पानी परेर स्कुल जाने बालबालिकाको बिजोग देखेर नगरले गाडी किन्न पास गरेको रकम जनताको हितका लागि यो योजना ल्याएको प्रमुख राईले बताए । नगरले नगर भित्रका स्वास्थ्य चौकी, सामुदायीक भवन, प्रहरी चौकी, नगर मर्मत र आगलागी लगायत स्थानमा समेत वितरण गरेको उनले बताए ।

देश संघीयतामा गएसँगै विगत १ वर्ष अगाडि आएका जनप्रतिनिधिहरुले जनताको सेवा गर्ने भन्दै महङ्गा र विलाशिताका गाडी खरिद गरिरहेको अवस्थामा प्रुमख राईले आफूले पाएको सुविधाको उपभोग नगरी जनताको फुसको छानो हटाउने अभियानमा आफू लागिपरेको भन्दै नगर उप–प्रमुख कृष्ण कुमारी निरौलाले खुलेरै प्रसंशा गरिन् ।

‘मेरो सुविधा कटाई देउ नगरबाट फुसको छानो हटाईदेउ’ भन्ने नगर प्रमुखको अभियानलाई सार्थकता दिन नगर कार्यपालिकाले सुविधाभोगी भन्दा पनि जनभोगी काम गर्ने प्रमुखको सपना रहेको छ । यसलाई सार्थक तुल्याउन सबैको सहमतिमा यो अभियानलाई अगाडि लैजाने निर्णय गर्दै अति विपन्न समुदायको पहिचान गरी जस्तापाता वितरण अभियानको थालनी गरिएको ३ नं.वडाध्यक्ष देवराज चाम्लीङले बताए ।

सामुदायिक वनको तर्फबाट पनि गरिव र बिपन्न वर्गलाई लक्षित गरी नगरको कार्यमा सहयोग गर्ने प्रदेश नम्वर १ का सामुदायिक वनका सचिव अग्नि पौडेलले बताए ।

Loading...