नेपाली क्रिकेटर सन्दीपले राखे विश्वकीर्तिमान

खेलकुद मुख्य समाचार

काठमाडौँ, १८ माघ, नेपाली युवा क्रिकेटर सन्दीप जोराले विश्वरकीर्तिमान राख्न सफल भएका छन् । जोराले टी–२० मा अर्धशतक बनाउने विश्वकै कान्छा ब्याट्सम्यानको रेकर्ड बनाएका हुन् ।

यसअघि यो कीर्तिमान क्यानडाका हिरल पटेलको नामा दर्ता थियो । सन् २०१० मा आयरल्याण्डविरुद्ध अर्धशतकीय विश्वकीर्तिमान बनाउँदा हिरल १८ वर्ष १ सय ७७ दिनका थिए ।

जोराले टी–२० डेब्युमै विश्वकीर्तिमान बनाउन सफल भए । युएईविरुद्ध बिहीबार भएको पहिलो टी–२० खेलमा सन्दीपले ५३ रनको नटआउट इनिङ खेले । उनले १७ वर्ष १ सय ३ दिन उमेरमा अर्धशतक बनाएका हुन् । उनले दुबईस्थिति आइसीसी एकेडेमी मैदानमा ४६ बलमा ३ चौका र १ छक्काको मद्दतले सो स्कोर निर्माण गरेका हुन् ।

सन्दीपले अर्धशतकको इनिङ खेले पनि नेपाल पहिलो खेलमा २१ रनले पराजित भएको छ ।