अर्घाखाँचीको रातमाटामा जिप दुर्घटना, ८ जना घाइते

मुख्य समाचार समाज

अर्घाखाँची, १५ माघ, जिल्लाको सन्धिखर्क–६ रातमाटामा गएराती १२ बजे, बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । लु १ च ४५१२ नम्बरको जिप अनियन्त्रित भइ दुर्घटना हुँदा चालक सहित ८ जना घाइते भएका हुन् ।

घाइते मध्ये जिपमा सवार गुल्मीको धुर्कोट गाउँपालिका ७ का २४ वर्षिय रिसीराम पौडेल र सोही ठाँउकी २४ वर्षकै सरस्वती घिमिरेको अवस्था गम्भीर रहको प्रहरी चौकी नरपानीले जनाएको छ । घाइते सबैलार्इ उपचारको लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

Loading...