युएईविरुद्ध नेपालको शानदार जीत

खेलकुद मुख्य समाचार विषेश समाचार

काठमाडौँ, १४ माघ, दुबईस्थित आइसीसी क्रिकेट एकेडेमीको मैदानमा जारी तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा युएईलाई पराजित गर्दै नेपालले शानदार जित निकालेको छ । युएईले दिएको २५५ रनको लक्ष्य नेपालले ४४ ओभर ४ बल सकिँदा ६ विकेटको क्षतिमा लक्ष्य प्राप्त प्राप्त गर्न सफल भयो ।

टस हारेर व्याटिङ गरेको युएईले पुरै ५० ओभर खेल्दै ६ विकेट गुमाएर २५४ रन जोडेको थियो । युएईले फराकिलो स्कोर बनाए पनि नेपालले कप्तान पारस खड्काको सतकको सहायतामा जित हासिल गरेको भयो ।

पावर प्लेमा मात्र १४ रन जोड्न सफल युएईले २ रन जोड्दा २ विकेट गुमाएको थियो तर, शाइमन अनवार सिपी रिजवानले पाँचौ विकेटका लागि १०० रनको साझेदारी गर्दै युएईको स्कोर फराकिलो बनाएका थिए । अर्धशतकीय इनिङस् खेलेका अनवार ८७ रनमा आउट भए भने रिजवानले ४५ रन जोडेर आउट भए ।

यता नेपालकालागि भने ओपनर विनोद भण्डारीले १७ बलमा ९ रन जोडेर मोहम्मेद नाविदको चौथो ओभरको तेस्रो बलमा आउट भए । अर्का ओपनर ज्ञानेन्द्र मल्लले ३५ बलमा ३१ रन बनाए । उनलाई इमरान हैदरले चौधौँ विकेटको चौथो बलमा आउट गराए । खेलमा दिपेन्द्र सिंह ऐरीले १५ बलमा ६ रन, सन्दीप जोराले २० बलमा १९ रन, रोहित पौडेलले २५ बलमा १६ रन, सोम्पालले २५ बलमा २६ रन र आरिफ शेखले २४ बलमा २१ रनको योगदान दिए । कप्तान पारस खड्काले कीर्तिमानी शतक पुर्याए । खेलको अठतिसौँ ओभरको पाँचौ बलमा क्वादिर अह्मेदले उनलाई आउट गराए ।

तस्विर: फायल

Loading...