राधिकाको ‘रेलिमाई’ मा मरिश्का र निराजनको जोडी

आजको म्यूजिक मुख्य समाचार

काठमाडौँ, १४ माघ, गायिका राधिका विष्टले रेलिमाई’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् । मिले आर्ट्सको प्रस्तुती रहेको भिडियो राधिका विष्टको अफिसियल युट्युब च्यानलमार्फत दर्शक माझ आएको हो । गीतमा शब्द तथा सङ्गीत पनि गायिका विष्टको नै रहेको छ । अस्ट्रेलियामा बस्दै आएकी गायिका राधिका विष्ट नेपाली गीत, सङ्गीतमा सक्रिय छिन् ।

निकेश खड्काले निर्देशन गरेको भिडियोमा मरिष्का पोखरेल र निराजन प्रधानले फिचारिङ्ग गरेका छन् । भिडियोलाई उत्तम हुमागाई र प्रनेश शाक्यले खिचेका हुन् भने सम्पादन र कलरको काम प्रवीण श्रेष्ठले गरेका छन् ।

उक्त गीत गायिका विष्टको गाउने धुन-२ एल्बममा समावेश रहेको छ ।