[ब्रेकिङ्ग] भारतको कुशिनगरमा वायुसेनाको विमान दुर्घटना

मुख्य समाचार विश्व विषेश समाचार

काठमाडौँ, १४ माघ, भारतको उत्तर प्रदेशस्थित कुशिनगरमा वायुसेनाको लडाकु विमान दुर्घटना भएको छ । गोरखपुरबाट उडेको सो विमान कुशिनगरको हेतिमपुरस्थित एक खेतमा खसेको हो ।

खस्ने बित्तिकै विमागमा आगलागी भएको छ । विमानमा आगोलागेका दृश्यहरु भारतीय टेलिभिजनले प्रत्यक्ष देखाइरहेका छन् । विमानका चालक भने प्यारासुटबाट हाम फालेर ज्यान बचाउन सफल भएका छन् । दुर्घटनाको बारेमा विस्तृत विवरण आइसकेको छैन ।