नेपाली टोलीसमक्ष इतिहासकै पहिलो एकदिवसीय सिरिज जित्ने मौका, आज सदुपयोग गर्ला त !

खेलकुद मुख्य समाचार विषेश समाचार

काठमाडौँ, १५ माघ, नेपाली क्रिकेट टोलीसमक्ष इतिहासकै पहिलो एकदिवसीय सिरिज जित्ने अवसर जुरेको छ । नेपालले सोमबार युएईविरुद्द अन्तिम एकदिवसिय खेल खेल्दैछ । युएई र नेपालबीचको एकदिवसीय सिरिज १/१ को बराबरी अवस्थामा छ । नेपालले युएईलाई हराएमा इतिहासमै पहिलोपटक एकदिवसीय सिरिज जित्नेछ ।

गत चैतमा एकदिवसिय सिरिज विश्वकप छनोटमा सातौ स्थानमा रहँदै नेपालले चार वर्षका लागि एकदिवसीय राष्ट्रको मान्यता प्राप्त गरेको थियो । नेपालले आफ्नो पहिलो एकतिवसीय सिरिज नेदरल्यान्डविरुद्ध खेलेको थियो त्यो पनि १/१ को बराबरीमा टुङ्गिएको थियो ।

यो प्रतियोगितासँगै आइसिसीले जारी गर्ने एकदिवसीय वरीयतामा फड्को मार्नका लागि नेपालले जित निकाल्नु आवश्यक छ । वरीयतामा स्थान बनाउन कम्तीमा चार खेल खेल्नुपर्छ, नेपालले आइसिसीको सो कोटा भने पुरा गरिसकेको छ । तर, वरीयतासँगै स्थानमा समेत सुधार गर्न नेपालले युएईलाई हराउनै पर्नेछ ।