शान्ति लिम्बूलाई ‘मिसेस व्यूटी क्विन २०१९’ को ताज

मनोरञ्जन मुख्य समाचार

काठमाडौँ, १३ माघ, काठमाडौँ धुम्बाराहीकी २९ वर्षीया शान्ति लिम्बूले आफ्ना २२ प्रतियोगीलाई पछिपार्दै ‘लेट मि इन मिसेस ब्यूटी क्विन २०१९’ को ताज पहिरिएकी छिन् । शनिबार राती कमलादीस्थित प्रज्ञा भवनमा भएको फाइनल उनले ‘पर्सनालिटी अवार्ड’समेत प्राप्त गरिन् ।

सिजन मिडियाको आयोजनामा भएको मिसेस ब्यूटी क्वीन नेपालको दोस्रो संस्करणको प्रतियोगितामा २२ प्रतियोगीमध्ये छानिएका उत्कृष्ट १० आमालाई तपाईंको विचारमा सफल वैवाहिक जीवनका लागि महत्वपूर्ण कुराहरू के हुन सक्छन् भनेर प्रमुख निर्णायक प्रतापराज वन्तले सोधेको जिज्ञासाको जवाफमा प्रतियोगी नम्बर २४ की लिम्बुले भनिन्, ‘मेरो विचारमा सफल वैवाहिक जीवनमा आपसी समझदारी, एकअर्काको स्वतन्त्रताको सम्मान, विश्वास, माया, एकअर्काको हरेक कुरामा सहकार्य, यो कुराको कमी भयो भने वैवाहिक जीवनमा हिंसाको बास हुनसक्छ ।’ यही जवाफले आठ निर्णायकको मन जितेर उनले ताज हात पारिन् ।

उनलाई यस अघिकी मिसेस ब्यूटी क्वीन सदीक्षा अर्यालले ताज पहिर्याएकी थिइन् । ताजसँगै उनले नगद रु ५० हजार र लेट्स सुजुकी स्कुटरसहित दुबई यात्राको दोहोरो हवाई टिकट प्राप्त गरिन् । प्रतियोगितामा काठमाडौँ ज्ञानेश्वरकी ३० वर्षीया मनिशा विमली फष्ट रनर अप र काठमाडौँ सानो भ¥याङ्की ३५ वर्षीया जयन्ती गौतम सेकेन्ड रनर अप हुन सफल भए । त्यसैगरी थर्डरनरअप पार्वती खत्री र फोर्थ रनरअप विजया काफ्ले भए ।

प्रतियोगितामा पुजा रसाईलीले व्यूटिफूल अर्वाड, शोभा गिरीले कन्फिडेन्ट अवार्ड र सुस्मिता गिरिले एन्जल हर्ट अवार्ड प्राप्त गरेका छन् । यस्तै कविता ओझाले क्रियटिभ अवार्ड, अम्विका थापाले भ्यूअर्स च्याईस अवार्ड र चेसाङ लामाले मोष्ट पपुलर, अर्गनाजर च्वाईस र मल्टिमिडिया अवार्ड प्राप्त गरे ।

Loading...