भाषाशास्त्री पोखरेललाई मष्तिष्कघात, उपचार सहयोगका लागि सरकारसँग आग्रह

मुख्य समाचार साहित्य

काठमाडौँ, ११ माघ, प्रसिद्ध भाषाशास्त्री एवम् नेपाली साहित्यका विशिष्ट साधक प्रा. बालकृष्ण पोखरेल सोमवार अचानक मष्तिष्कघात भई अस्पताल भर्ना भएका छन् । पोखरेललाई नर्भिक अस्पतालको सातौँ तलाको कोठा नं. ७१२ मा राखी उपचार जारी राखिएकोे छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले भाषाशास्त्री पोखरेलको उपचारका लागि यथाशीघ्र आवश्यक सम्पूर्ण खर्चको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् । बिहीवार अस्पताल पुगेर पोखरेलको स्वास्थ्य स्थितिबारे जानकारी लिदैँ कुलपति उप्रेतीले यस्तो आग्रह गरेका हुन् ।

सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय र प्राज्ञ परिषद् सदस्य डा. हेमनाथ पौडेलसहित अस्पताल पुगेका कुलपति उप्रेतीले प्रज्ञा–प्रतिष्ठानका आजीवन सदस्य समेत रहेका पोखरेलको उपचारमा प्रज्ञा–प्रतिष्ठानका तर्फबाट सक्दो सहयोग गर्ने वचनबद्धता पनि व्यक्त गरे । ।

पारिवारिक सूत्रका अनुसार पोखरेलको स्वास्थ्य अवस्था क्रमशः सुधार भइरहेको छ ।