आजबाट श्रीस्वस्थानी व्रतकथा प्रारम्भ

कला/संस्कृति मुख्य समाचार विषेश समाचार

काठमाडौँ, ७ माघ, आज अर्थात् पुस शुक्ल पूर्र्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म पुरा एक महिना हुने श्रीस्वस्थानी व्रतकथा आजबाट प्रारम्भ भएको छ । व्रतालु महिलाहरुले नजिकैको धारा, पोखरी, नदीमा गाई नुहाई आजबाट व्रतारम्भ गर्दछन् । व्रतसहित कथावाचन पनि जोडिने भएकोले यो पर्वलाई श्रीस्वस्थानी व्रतकथा भनिएको हो ।

आजको दिन काठमाडौँको साँखुस्थित सालीनदीमा स्थाननसाथ हुने स्वस्थानी व्रतकथा तथा माधवनारायण व्रत पनि आजैबाट सुरु हुँदैछ । यहाँ एक महिनासम्म ठूलो मेला लाग्ने गर्दछ । यहाँ करिब ३ सयको हाराहारीमा महिलाहरुले व्रतबस्ने बताइएको छ ।

यसैगरी काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा पनि स्नान गर्ने र व्रतवस्ने चलन छ । काठमाडौँको पशुपतिस्थित गौरीघाट, भक्तपुरको हनुमानघाट लगायतका स्थानमा पनि आज विशेष जमघट रहेको छ ।

तस्विर: फायल

Loading...