[अनुसन्धानमूलक लेख] सन्यासी जातिको इतिहास

मुख्य समाचार विचार

–शीतल गिरी

सन्यासी हिन्दू समाजमा परिचित नाम हो जसले आर्य सभ्यताको इतिहासमा महत्त्वपूर्ण स्थान बनाएको छ । सनातनदेखि वर्तमानसम्म सन्यासीलाई धार्मिक दृष्टिले अत्यन्त सम्मान गरिन्छ । वैदिक युगमा आर्यहरूले चार आश्रमको व्यवस्था गरे । जातिप्रथा र वर्णव्यवस्था एउटै नभए पनि हिन्दू समाजमा वर्णव्यवस्थालाई जातिप्रथाको आधार भन्न सकिन्छ । जातिको विभाजन जन्मको आधारमा हुन्छ जातिप्रथा भनेको प्रजातीय अथवा जन्मगत भेदको आधारमा बनेको एउटा व्यवस्था हो । सन्यासी आश्रम व्यवस्थामा सम्मानित थियो । जातिप्रथाअनुसार वैदिक आर्य भएको भारतका हिन्दूहरूले भौगोलिक सिद्धान्तको आधारमा दस थर अपनाएका सन्यासीहरूलाई ब्राह्मणको स्थानमा राखी सोही अनुरूपको व्यवहार गर्ने गरेका छन्् तर नेपालका खस हिन्दूहरूले भने क्षत्रियको समकक्ष राख्ने गरेको पाइएको छ । यथार्थमा सन्यासी जाति को हो ? समाजमा यस्को महत्त्व र स्थान के छ ? प्रस्तुत गोष्ठीपत्रमा यिनै विषयको खोजी गर्ने काम भएको छ ।

भौगोलिक हिसाबले हेर्दा सन्यासीहरू नेपालका जुम्ला, मनाङ र मुस्ताङ बाहेक ७२ जिल्लामा छरिएर बसोबास गरेका छन्् । हिन्दूहरूका आरध्यदेव महादेवलाई कुलदेवता मान्ने दशनामी सन्यासीहरू शैवधर्म मान्दछन्् । नवजात शिशुको सन्यास कर्म गर्ने, विवाहपूर्व गुरुमुखी गर्ने, मृत्युपछि शव गाड्ने, त्यस्तै शव राखिएको स्थानमा समाधी बनाई शिवलिङ्ग स्थापना गर्ने तथा उक्त तिथीमा हरेक वर्ष शिवलिङ्गमाथि दीप बाली श्रद्धा गर्ने जस्ता संस्कृति र परम्परा अन्य हिन्दूको भन्दा पृथक् रहेको छ । त्यस्तै सन्यासीहरूका जन्मदेखि मृत्युसम्मका सबै कर्महरू सन्यासी गुरुमार्फत आफ्नै मौलिक ढङ्गले गरिन्छ । हिन्दूधर्ममा परम्परादेखि ब्राह्मण, क्षत्री, वैश्य, शुद्र गरी चार जातको व्यवस्था छ तर सन्यासीहरू उल्लेखित विभाजनमा नपर्नु आफैँमा विडम्वना सावित भएको छ । सन्यासी जाति ब्राह्मण होइन किनकि जातीय परम्परा संस्कार, संस्कृति तथा कर्मका हिसाबले र प्रचलित सबै शास्त्र एवं ग्रन्थहरूमा उल्लेख भएअनुसार पनि यस जातिलाई अरूभन्दा पृथक राखेको देखिन्छ । सन्यासीलाई कुनै अवस्थामा क्षेत्री सरहको व्यवहार गरिनु भनेको परसंस्कृतिकरणको प्रभावमा परेको हो । सन्यासी जात तागाधारी, खस बाहुन वा ब्राह्मण क्षत्री हुने कुनै आधार भेटिँदैन । समाजको मिश्रित ढाँचामा समायोजित हुन समाजअनुसारको भाषालाई आत्मसाथ गर्नु र कतिपय परम्परा, संस्कार, संस्कृति र रीतिरवाज आर्य र खसको (नेपालको पहाडी भाषाभाषी समुदायको हकमा) अङ्गीकार गर्नुलाई बाध्यात्मक परिस्थितिको उपज मान्न सकिन्छ । लोपोन्मुख सन्यास परम्परा र जातीय संस्कारका जन्म, गुरुमुखी, विवाह एवं मृत्यु जस्ता संस्कार यिनीहरूले (नेपाल तराईका या पहाडका) बचाएको पाइन्छ ।

विस्तृत तलको फायलमा पढ्नु होला :