चलचित्र ‘रातो गलबन्दी’ निर्माण हुने, ‘चुप्पी डन’ पनि कलाकार !

मनोरञ्जन मुख्य समाचार

उर्लाबारी, ५ माघ, मनिषा फिल्मस् प्रालिको ब्यानरमा नेपाली चलचित्र ‘रातो गलबन्दी’ निर्माण हुने भएको छ । आज निर्माण पक्षले उर्लाबारीमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्र ‘रातो गलबन्दी’ बारे जानकारी गराएको हो ।

करिव ९० लाखको लागतमा निर्माण हुन लागेको सो चलचित्र छायाङ्कन पूर्वका रमणिय स्थलहरुमा हुने निर्माता हिमाल कडरियाले बताए । उनका अनुसार चलचित्रको छायाङ्कन मोरङको पथरीस्थित भुटानी शरणार्थी शिविरबाट सुरु भएको छ । सो चलचित्रमा चर्चित नायिका केकी अधिकारी, बुद्धि तामाङ, रमेश बुढाथोकी, कोसिश क्षेत्री, अर्जुन गुरुङ, ‘चुप्पी डन’ को नामले परिचित यज्ञबहादुर कटुवाल लगायतले अभिनय गर्नेछन् ।

प्रेमकथामा आधारित उक्त फिल्ममा गाउँशहरका परिवेशहरु उत्कृष्ठ शैलीमा समेटिने निर्देशक मनिष थापाले बताए । हिमाल कडरियाको कथामा बन्न लागेको उक्त फिल्मलाई सुमन योन्जनले छायाङ्कन गर्नेछन् ।

Loading...