आजको राशिफल

आजको राशिफल मुख्य समाचार

आज मिति २०७५ साल पुस २७ गते शुक्रबार, पौष शुक्लपक्ष पञ्चमी तिथि, तदनुसार सन् २०१८ को जनवरी ११ तारिख, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
आजको राशिफल
मेष राशिः
यात्राको अवसर प्राप्त होला । उपलब्धी प्राप्त गर्न आज निक्कै मेहनत गर्नु पर्ने देखिएको छ । काममा सामान्य अवरोधको सामना गर्नु पर्ला । घरायसी समस्या बढ्नाले मानसिक चिन्ताले सताउने छ ।

वृष राशिः
प्रियजनको भरपुर सहयोग मिल्नेछ । व्यापार, व्यवसायमा उन्नती र प्रगति हुनेछ । धर्म, कर्ममा मन जानेछ । मन प्रसन्न रहला । प्रेमी–प्रेमिकाबीचमा भने सामान्य विवादको सामना गर्नु पर्नेछ ।

मिथुन राशिः
तपाईंको लागि आजको दिन खासै राम्रो मान्न सकिन्न । सञ्चित धन हानी हुने सम्भावना रहेको छ । बोलीमा आलोचना हुने भएकोले बोल्दा विचार पुर्याउनु होला । यात्रा नगरेकै राम्रो । अध्ययन, अध्यापनमा पनि रुची घट्ने देखिएको छ ।

कर्कट राशिः
प्रियजनसँगको भेटले मन प्रसन्न रहनेछ । अचल सम्पत्ति जोड्ने अवसर प्राप्त हुनेछ । विदेश यात्राको अवसर पनि मिल्ने देखिएको छ । सामाजिक प्रतिष्ठा बढ्नाले जिम्मेवारी पनि बढ्नेछ ।

सिंह राशिः
तपाईंको लागि आजको दिन उत्तम रहेको छ । नयाँ कामको अवसर प्राप्त हुनेछ भने अधुरा काम सहजै पुरा हुनेछन् । आकस्मिक धनलाभ हुने पनि देखिएको छ । अध्ययनमा रुची बढेर जानेछ ।

कन्या राशिः
अध्ययन क्षेत्रमा बाधाको सामना गर्नु पर्ला । शत्रु सक्रिय रहँदा काममा पनि अवरोध आउनेछ । आफन्तको असहयोग रहला । आत्मविश्वास घटेको महसुस हुनेछ । दिनभर मन खिन्न रहनेछ ।

तुला राशिः
चिसोका कारण हुने समस्याहरु देखापर्न सक्ने भएकोले सजग रहनु होला । बोल्दा विचार पुर्याउनु होला आलोचित हुनसक्छ । चोटपटक आदिको पनि सम्भावना रहेकोले धारिलो हतियार तथा सवारी साधनको प्रयोग गर्दा विशेष सावधानी अपनाउनु होला ।

वृश्चिक राशिः
अध्ययन क्षेत्रबाट सफलता हात लाग्नेछ । वैदेशिक क्षेत्रबाट शुभ समाचार प्राप्त हुनेछ । मनग्य धन आर्जन गर्ने अवसर मिल्नेछ । काम र व्यवहारमा भने संयमता अपनाउनु जरुरी देखिएको छ ।

धनु राशिः
तपाईंको लागि दिन उत्तम रहेको छ । प्रेममा विश्वासको वातावरण सिर्जना हुनेछ । नयाँ कामको अवसर पनि प्राप्त हुनेछ । सामाजिक प्रतिष्ठा बढ्नाले थप जिम्मेवार बन्नु भने आवश्यक रहेको छ ।

मकर राशिः
पार्टनरसिपको कामले धोका दिन सक्छ विशेष सावधानी अपनाउनु होला । व्यापार व्यवसायबाट खासै प्रगति नहुँदा मानसिक चिन्ता बढ्नेछ । खानपान र स्वाथ्यमा ध्यान दिनु पनि आवश्यक रहेको छ ।

कुम्भ राशिः
घरायसी समस्याहरु किनारा लाग्नाले मन हर्षित हुनेछ । गरेका कामले सही प्रतिफल दिने समय छ त्यसैले बोलीमा भन्दा काममा बढी ध्यान दिनु होला । स्वास्थ्यप्रति सचेत रहनु भने जरुरी रहेको छ ।

मीन राशिः
पैतृक सम्पत्तिमा विवाद आउन सक्छ । वचत भएको धन हानी हुने अवस्था पनि देखिन्छ । व्यापार, व्यवसायबाट खासै आम्दानी हुने देखिदैन । मनमा नैराश्यता पनि आउने भएकोले आफूलाई संयम राख्नु होला ।