अब सांसदका पिएको तलब उनीहरुकै खातामा !

आजका पत्रपत्रिका मुख्य समाचार विषेश समाचार

काठमाडौँ, २७ पुस, संसद्का पदाधिकारी र सांसदका स्वकीय सचिव (पिए) को तलब अब उनीहरुकै बैंक खातामा जाने भएको छ । संघीय संसद् सचिवालयले पुसदेखि स्वकीय सचिवालयका कर्मचारीको तलब कट्टा गरी तलब पठाउने भएको हो ।

सांसदहरुले आफन्तलाई स्वकीय सचिव राखेको तथा उनीहरुको पारिश्रमिकसमेत आफैँले बुझ्ने गरेको समाचार केही दिनअघि नयाँ पत्रिकाले छापेको थियो । ‘स्वकीय सचिवालयका कर्मचारी तथा स्वकीय सचिवको पारिश्रमिक यही महिनादेखि उनीहरुकै खातामा राख्छौँ । अब सांसदहरुको खातामा पिएको तलब जान्न,’ सचिवालयका प्रमुख लेखानियन्त्रक पुष्पप्रसाद गुरागाईले भने ।

यता १ सय २० सांसदका पिएले एभरेष्ट बैंकमा खाता खोलेर सचिवालयलाई खाता नम्बर बुझाइसकेका छन् । सांसद सुविधा व्यवस्थापन शाखामा पछिल्लो केही दिनदेखि खाता नम्बर बुझाउन सांसदका पिएको भिड नै लाग्ने गरेको छ ।

Loading...