आगामी फागुनमा स्ववियु निर्वाचन, त्रिविले थाल्यो तयारी

मुख्य समाचार शिक्षा

कीर्तिपुर, २३ पुस, त्रिभुवन विश्वविद्यालयले सबै आङ्गिक क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको पूर्व तयारी गर्न निर्देशन दिएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आइतबार उपत्यका भित्र र बाहिरका सबै आङ्गिक क्याम्पसहरुलाई परिपत्र गर्दै सो निर्देशन दिएको हो ।

स्व.वि.यु. निर्वाचनको पूर्व तयारी गर्नेसम्बन्धी परिपत्रमा ‘त्रिविका क्याम्पसहरुमा २०७३ फागुन १८ गते भएको स्व.वि.यु. निर्वाचनबाट निर्वाचित एवं सदस्यहरुको २ वर्षे कार्यकाल समाप्त हुने भएको हुँदा भएको हुँदा २०७५ फागुन महिनामा हुने स्व.वि.यु. निर्वाचनको पूर्वतयारी गर्न गराउनु हुन’ भनी उल्लेख गरिएको छ ।

त्रिविका आङ्गिक क्याम्पसहरुमा स्ववियु निर्वाचन दुई–दुई वर्षमा गर्ने व्यवस्था रहेको छ । दुई वर्ष अगाडि त्रिविले पहिलो पटक विद्यार्थीको उमेर हद २८ वर्ष कायम गरी स्ववियु निर्वाचन गराएको थियो । अघिल्लो पटक विभिन्न कारण स्ववियु निर्वाचन सम्पन्न गर्न नसकेका क्याम्पसहरुमा समेत यस वर्ष विद्यार्थी संघ संगठनहरुको सहमतिमा निष्पक्ष ढङ्गले स्ववियु निर्वाचन हुने अपेक्षा त्रिविले लिएको छ ।

Loading...