नेपाल एयरलाइन्सका महाप्रबन्धकलाई कालोमोसो

पर्यटन मुख्य समाचार विषेश समाचार

काठमाडौँ, २० पुस, नेपाल वायुसेवा निगमका महाप्रबन्धकलाई उनकै कार्यकक्षमा कालोमोसो दलिएको छ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिगले कंसाकारलाई कालोमोसो दलेको जनाएको छ ।

वाइडबडी जहाज खरिदमा अरबौँ घोटला गरेको संसदको सार्वजनिक लेखा समितिको उपसमितिले ठहर गर्दै कंसाकारलाई कारबाहीको माग गरेको थियो । सो विमान खरिदमा कंसाकारसँगै बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित २ सचिवहरुले पनि भ्रष्टाचार गरेको भन्दै उपसमितिले कारबाहीको माग गरेको छ । यसको बारेमा समितिमा छलफल हुन बाँकी छ भने संसदमा पनि छलफल गर्ने प्रावधान रहेको छ ।

Loading...