नेपाली कांग्रेस संसदीय दलमा चार सदस्य मनोनित

मुख्य समाचार राजनीति विषेश समाचार

काठमाडौँ, १८ पुस, नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता माननीय शेरबहादुर देउवाले संसदीय दलको कार्यसमितिमा चार जना सदस्यहरुलाई मनोनित गरेका छन् ।

देउवाले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १० को उपधारा २(ग) बमोजिम सभापतिले बुधबार ती चार सदस्यहरु मनोनित गरेको देउवाका निजी सचिव केशवराज जोशीले जनाए ।

यसरी मनोनित हुनेहरुमा सांसदहरु उमेश श्रेष्ठ (ललितपुर), डिला संग्रौला पन्त (मोरङ), देवप्रसाद तिमिल्सिना (रौतहट) र पार्वता डि.सी. चौधरी (दाङ) रहेका छन् ।