[अनुसन्धानमूलक लेख] लोकसाहित्य र कलामा धनी लिम्बू जाति

मुख्य समाचार विचार

— राजेन्द्र जबेगू ‘हाङवासाङ’

हिमाल, पहाड र तरार्ईको सँगम भूमि जहाँ बहुजाति, बहुभाषी, बहुधर्मी र बहुसांस्कृतिक कर्मी बसोबास रहेर पनि सहिष्णुता सम्पन्न मुलुक हो नेपाल । विश्वको सर्वोच्च हिमाल सगरमाथा र समुद्र सतहभन्दा होचो ठाउँ केचना पनि यहीं छ । नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार यहाँ १६८ जात जाति र १२३ भाषा भाषीहरू छन् । यसरी नेपाल बहुजातीय फूलबारी हो । यहाँ विविध थरीका फूलहरू फूलेका छन् । विश्वको माझमा प्राकृतिक तथा जातीय विविधताले सम्पन्न सुन्दर अनि शान्त देश नेपाल हो । हामी आ–आफनै अस्तित्त्व र पहिचानमा बाँच्न चाहन्छौं, आ–आफ्नो कला कौशलमा गौरव मान्छौँ साथै जीवन्त राख्न पनि चाहन्छौँ । विविधताले सम्पन्न मुलृुकभित्र आफ्नै सांस्कृितक विविधता सम्पन्न लिम्बू जाति पनि एक हो ।

नेपालको सुदूर पूर्व अरुण पूर्वको क्षेत्र र भारतको टिष्टा पश्चिमको क्षेत्र हिमालदेखि दक्षिण साथै भारतको जलालगढ उत्तरको क्षेत्रमा लिम्बू जातिको आफ्नो अस्तित्व जीवन्त छ । यो विविधता भित्रको एकता नेपालको विशेषता हो । नेपालमा जनगणना–२०६८ अनुसार लिम्बू जातिको जम्मा ३,८७,३०० जनसङ्ख्या छन् । मेची कोशीका जिल्लाहरू बाहेक भ्यालीका ३ जिल्ला र चितवन भरतपुरमा धेरै बसोबास छ । साना सङ्ख्याको रूपमा मुलुकका सबै जिल्लामा बसोबास रहेको छ । जुनसुकै जिल्ला र देशहरूमा बसोबास भए पनि लिम्बू जातिले आफ्नो भाषा, संस्कार, धर्म, संस्कृतिको परिपालन गरि नै आएका छन् । खास गरी लिम्बूहरू किराँत सभ्यतामा आधारित किराँत धर्म मान्ने गर्दछन् । किराँत धर्मको मूल देवता ‘युमा’ हो ।

‘युमा’ को आराधना बिहान बेलुकी स्वच्छ भावले घरभित्र वा बाहिर जही भए पनि सफा ठाउँमा धुपबातिद्वारा गर्ने गरिन्छ । सेतो फूल चढाएर कलश दियो राखेर पनि युमाको तपस्या गरिन्छ । हरहमेसा विहान बेलुका वा कुनै आपत् विपद् कालीन परिस्थितिमा ‘तागेरा निङ्वाभू माङ्, मेन्नीमाङ् मेन्धामाङ्, सेक्खामाङ् युमा ए सेवारो ।’ भनेर जपिरहन्छौँ । युमा प्रकृति हो, ङामुक्साम् (पञ्चतत्त्व) हो । ङामुक्सामको संयुक्त नाम युमा (प्रकृति) लाई मेन्नीमाङ् (अदृश्य देवता) मेन्धाप्माङ (अदृष्य देखा नपर्ने देवता) तर सेक्खामाङ् (सत्यदेवता) भनेर पुकारिन्छ, प्रकृति जपिन्छ, मूर्ति होइन । बरु सफा ढुङ्गा उभ्याएर प्रकृतिलाई युमा मानी पूजा गरिन्छ ।

त्यसैले लिम्बू जाति मूर्ति पुजक होइन प्रकृति पुजक हो, युमा परमपरमेश्वर हो । पौराणिक कथन अनुसार तारामण्डल सौर्य मण्डलको सृष्टि, मानव चराचर जगतको सृष्टि, विभिन्न नामको रूपबाट गरेको भनाई छ । जुन सुकै देश र ठाउँहरूमा बसोबास गरेपनि लिम्बू समुदायले मूल देवता युमा नै मानी किराँत धर्मको मूल केन्द्रको रूपमा मानिन्छ भने थेबा हिम्साम्माङ् अक्वाना माङ् लगायत देवताहरूको पूजा अनुष्ठान गरिन्छ । घर परिवार तथा शारीरिक संरक्षणको लागि माङ्गेन्ना, ताप्फेङ्, सवा साम्माङ्, मिया साम्माङ्, असेक साम्माङ्, ताम्भुङ्ना लगायतका देवताहरूको पूजा गरिन्छ । सामुहिक रूपमा वर्षमा एक पटक माङ्हुप् र तङसीङ तक्मा गरिन्छ । अन्नबाली हेर्न समयमा यक्वा र अन्नबाली पाकेपछि चासोक् न्वागी पूजा गरिन्छ । ती दुवै पूजामा मुख्य युमालाई पुजिन्छ । पहिले यक्वा, चासोक (न्वागी) घर परिवारमा गरिन्थ्यो । तर हाल बजारीकरण साथै बसाइँ सर्ने क्रमद्वारा खेतिबाली नगरी बजार व्यापार व्यवसायमा संलग्न रहेकाहरूले किराँत याक्थुङ चुम्लुङ र किराँत धर्म तथा साहित्य उत्थान संघको आयोजनामा हुने सामुहिक यक्वा चासोक पूजाहरूमा सामूहिक मनाउने चलन बढेको छ । युवा युवतीको फुङ्वा चाङ्मा परम्परा अत्यन्तै महत्त्वपूर्ण हुन्छ । यो कार्य तङसीङ तक्मा अनुष्ठानसँग गरिन्छ । लिम्बू समुदाय भाषा, धर्म, लिपि, साहित्य, कला, संस्कृतिले सम्पन्न छ ।

यहाँ साहित्य, कलासम्बन्धी प्रस्तुत गर्दा लिम्बूको जीवन दर्शनका केही कला, साहित्य तथा सांस्कृतिक पक्षहरू पनि प्रस्तुत नगरी स्पष्ट नहुने भएकाले अत्यन्तै सङ्क्षेपमा प्रस्तुत गरिएको छ । विस्तृत तलको फायलमा पढ्नुहोस् :