तीन डायस्पोरिक स्रष्टाहरु सम्मानित

मुख्य समाचार विषेश समाचार साहित्य

काठमाडौँ, १८ पुस, नेपाल प्राज्ञिक अनुसन्धान केन्द्रले तीन डायस्पोरिक स्रष्टाहरुलाई सम्मान गरेको छ । मंगलबार आफ्नै कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै केन्द्रले नेपाली प्रतिभा प्रतिष्ठान बेलायतका अध्यक्ष कवि, गीतकार दीपा लिम्बू राई (हाल जर्मनी) वरिष्ठ उपाध्यक्ष कवि, आख्यानकार गणेशकुमार राई (हाल बेलायत) र आख्यानकार सुष्मा रुपाबुङ राई (हाल ब्रुनाइ) लाई सम्मान गरेको हो ।

विदेशमा रहेर पनि नेपाली भषाा, साहित्य र संस्कृतिको श्रीवृद्धि र विकासमा योगदान गरेको भन्दै उनीहरुलाई केन्द्रले सम्मान गरेको हो । केन्द्रका अध्यक्ष डा. भक्त राईले उनीहरुको योगदान अतुलनीय रहेको उल्लेख गरे । स्रष्टाहरु नेपाल आएको अवसरमा भेटघाट र छलफल गर्न पाउँदा खुसी लागेको पनि उनले बताए ।

कार्यक्रममा लोकवार्ता परिषद् नेपालका अध्यक्ष प्रा.डा. प्रेम कुमार खत्री, भाषाशास्त्री प्रा. डा. माधव प्रसाद पोख्रेल, पूर्वसस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपाशुर शेर्पा, प्राज्ञ शशी लुमुम्बु, डा. धन प्रसाद सुवेदी, कवि वीना थिङ, गीतकार सरिता राई, कवि देवकी अभिलासी, गीतकार टीका चाम्लिङ आदिको उपस्थिति रहेको थियो ।

केन्द्रले डायस्पोरिक स्रष्टाहरुलाइृ नेपाल आएको मौका पारी सम्मान गर्ने र साहित्यिक छलफल गर्ने गरेको छ ।