नववर्षको अवसरमा काठमाडौंमा चिनिया सांगीतिक कार्यक्रम

कला/संस्कृति मुख्य समाचार विषेश समाचार

काठमाडौँ, १५ पुस, नव वर्ष २०१९ को पूर्वसन्ध्यामा काठमाडौंमा भव्य रुपमा चिनिया सांगितिक कार्यक्रमको आयोजना गरिएको छ । चिनिया साँस्कृतिक केन्द्र नेपाल र चीनको कुईचौ प्रान्तिय सँस्कृति तथा पर्यटन विभागले संयुक्त रुपमा आयोजना गरेको सो कार्यक्रममा विषेश गरि चीनको कुईचौ प्र्रान्त तथा सो आसपासका क्षेत्रहरुमा प्रयोग गरिदै आएका परम्परागत बाजाहरुको माध्यमबाट विभिन्न सुमधुर संगीतको प्रस्तुती गरिएको थियो ।

पछिल्ला केहि दिनहरुमा चिसिएको काठमाडौंको मौसमबाट आहात भएका काठमाडौंवासीहरुले झण्डै दुई दर्जन चिनिया कलाकारहरुले प्रस्तुत गरेका लोकप्रीय ११ वटा संगितको रसास्वादन गर्दै आफुलाई तताएका थिए ।

होटल याक एण्ड यतिमा आयोजना गरिएको सो भव्य सांगितिक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, नेपालका लागि नवनियुक्त चिनिया राजदूत हौ यानछी, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु, काठमाडौस्थित चिनिया राजदूतावासका कर्मचारीहरु, विभिन्न मैत्री संस्थाका पदाधिकारीहरु, भोलेन्टियर चिनिया भाषा शिक्षकहरु, विभिन्न विद्यालयका प्राध्यापक, काठमाडौमा विभिन्न व्यवसायमा संलग्न रहँदै आएका चिनिया नागरिक, विभिन्न सञ्चार माध्यमका प्रतिनिधिहरु तथा सर्वसाधारणको वाक्लो सहभागिता रहेको थियो ।
ऐतिहासिक कालदेखि प्रगाढ नेपाल चीनबीचको मैत्री सम्वन्धलाई जनस्तरसम्म अभिवृद्धि गर्न एकअर्का देशमा समय समयमा यस्ता सांगितिक तथा साँस्कृतिक कार्यक्रहरुको आयोजना गर्ने गरिएको छ ।