सवारी आवागमन प्रभावित हुने

ट्राफिक/प्रहरी मुख्य समाचार

काठमाडौँ, १५ पुस, तमु (गुरुङ) जातिको महान सांस्कृतिक पर्व ल्होछारको कार्यक्रमले टुँडिखेल आसपासमा सवारी साधन प्रभावित हुने भएको छ । उक्त क्षेत्रमा आइतबार बिहान ९ बजेदेखि न्यूरोड गेट, शान्ति बाटिका, रत्नपार्क, भद्रकाली, शहिदगेट हुँदै चल्ने सवारी साधन प्रभावित हुने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

उक्त मार्ग भएर चल्ने सवारी साधनहरुले वैकल्पिक मार्गको प्रयोग गर्न पनि महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनुरोध गरेको छ ।

ल्होसारको अवसरमा आज टुँडिखेलमा विभिन्न कार्यक्रमहरु हुने जनाइएको छ ।

Loading...