स्वास्थ्य नीति यही महिनाभित्रै आउँछ : उपप्रधानमन्त्री यादव

मुख्य समाचार स्वास्थ्य

काठमाडौं, १४ पुस, उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले यही महिनाभित्र स्वास्थ्य नीति ल्याउने स्पष्ट पारेका छन् । उनले भने, ‘सबै तयारी भैसकेको छ । हामी यही महिनामा स्वास्थ्य नीति ल्याउँछौं । अब आउने स्वास्थ्य नीतिले शारिरिक र मानसिक स्वास्थ्य दुवैलाई बराबरी प्राथमिकता दिन्छ ।’

मन्त्री यादवले मानसिक र शारिरीक दुवै स्वास्थ्य महत्वपूर्ण पक्ष भएको बताउँदै भने,’हाम्रोमा शारिरीक स्वास्थ्यबारे धेरै हस्पिटल छन् । डाक्टरहरु पनि छन् । सहयोग गर्ने संघसंस्थाहरु पनि छन् । तर, मेन्टल हेल्थमा हामी धेरै पछाडी छौं ।’ उनले किशोर किशोरीहरु खासगरी युवाहरुमा मेन्टलसम्बन्धी केशहरु पाईएको जनाए । यादवले भने,’गरिबी, बेरोजगारी, राजनैतिक अस्थिरता, राम्रो स्वास्थ्य अभाव, शिक्षाको अभाव र भोजनको अभावका कारण मानसिक स्वास्थ्यको समस्या देखिएको छ ।’ नेपालमा भविष्यप्रतिको अनिश्चितताको कारणलेपनि मानसिक स्वास्थ्यको समस्या देखा पर्ने गरेको र विकसित मुलुकमा भने पारिवारिक असन्तुष्टिका कारण देखिने गरेको यादवले सुनाए । मानसिक स्वास्थ्यको क्षेत्रमा सुधार गर्नको लागि ठूलै लगानी गर्नुपर्ने उनको भनाई छ ।

यादवले भने, ‘युवा उमेरमा मानसिक स्वास्थ्यको देखा परेको पाईन्छ, यसको प्रोपर ट्रिटमेन्ट आवश्यक छ ।’ सरकारी स्वास्थ्य क्षेत्रमा अहिले दर्दानक अवस्था रहेको उनले बताए । उनले भने,’अस्पतालहरु छन्, तर डाक्टहरु छैनन् । ६ वर्षअघि करोडौं लगानी गरेर रौतहटमा अस्पताल बनाईएको रहेछ, पाँच वर्षदेखि चुहिरहेको छ । सिरहाको अस्पतालको पनि त्यस्तै अवस्था छ ।’

उनले ठाउँ–ठाउँमा सरकारकी अस्पतालमा डाक्टरहरुको अभाव रहेको बताउँदै भने,’जनशक्तिको ठूलो अभाव छ ।’ आधारभुत स्वास्थ्य सेवालाई निःशुल्क दिने वा उपलब्ध गराउने आफ्नो तयारी रहेको पनि मन्त्री यादवले सुनाए । उनले भने,’सरकारी अस्पतालका अस्पतालमा सुधार गर्नुपर्छ । यसको लागि ठूलो लगानी गर्नुपर्छ । एक चौथाईपनि जनशक्ति छैन्।’ प्रत्येक प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्वास्थ्य सेन्टर बनाउनेपनि तयारी गरिएको उनले जनाए ।

जिल्ला र क्षेत्रीय अस्पतालहरुलाई सुधार र स्तरोन्नती गर्नुपर्ने आवश्यकत्ता उनले सुनाए । उनले भने,’राम्रो उपकरण र दक्ष जनशक्ति राख्नुपर्छ । यो तत्काल गर्नुपर्ने आवश्कत्ता छ ।’ त्यस्तै, उनले हरेक प्रदेशमा मेन्टर हेल्थ सेन्टर बनाउने कुरालाई पनि आफूले अभियानको रुपमा अघि बढाउन लागेको उनले जनाए ।

Loading...