दक्ष डकर्मीलाई भूकम्प प्रतिरोधात्मक भवन निर्माण तालिम

मुख्य समाचार समाज

ओखलढुंगा, १३ पुस, ओखलढुगांको खिजीदेम्बा गाउँपालिका वडा नं. ३ खिजीचण्डेश्वरीमा दक्ष डकर्मीका लागि ७ दिने भूकम्प प्रतिरोधात्मक भवन निर्माणसम्बन्धी तालिम सुरु भएको छ । खिजीदेम्बा गाउँपालिका वडा नं. १, ३ र ५ का गरी २० दक्ष डकर्मीलाई गत शुक्रबारबाट तालिम दिन सुरु भएको हो ।

सिआरएस नेपालको आर्थिक सहयोगमा देम्बा सामुदायिक विकास केन्द्र खिजीफलाटेको समन्वयमा सेवा प्रदायक संस्था ट्रेनिङ्ग सेन्टर नेपाल काठमाण्डौले तालिम प्रदान गरिरहेको छ । तालिममा ट्रेनिङ्ग सेन्टर नेपाल काठमाण्डौका सिभिल इन्जिनियर केशव वलीले प्रशिक्षण दिइरहेको देम्बा सामुदायिक विकास केन्द्र खिजीफलाटेको सामाजिक परिचालन अधिकृत चम्पक मगरले जानकारी दिए ।

तालिमको उद्घाटन सत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै वडा नं. ३ का वडा अध्यक्ष टंक सुनुवारले तालिमको व्यवहारिक कार्यान्वयन तर्फ जोड दिए । त्यस्तै गरी सिआरएस नेपालका इन्जिनियर विवेक श्रेष्ठले तालिममा महिला दक्ष डकर्मीको सहभागिताको प्रशंसा गरे । तालिमका क्रममा हुने प्रयोगात्मक कार्यमा महिला डकर्मीले पनि सक्रियतापूर्वक सहभागी हुन आग्रह गरेका थिए । तालिम पुस १२ गते विहीबारसम्म संचालन भएको थियो । यस्तै तालिममा खिजीदेम्बा गाउँपालिका वडा नं ६ का २० जना दक्ष डकर्मीहरू सहभागी थिए ।