दोस्रो नेपाल आइडल रवी ओडलाई मातृशोक

मनोरञ्जन मुख्य समाचार विषेश समाचार

काठमाडौँ, ११ पुस, केही दिन अघि मात्रै नेपालकै सबैभन्दा चर्चित रियालिटी सिंगिङ शो नेपाल आइडलको सिजन २ जितेका रवी ओडलाई मातृशोक परेको छ । रवीकी आमा ४५ वर्षीया विष्णा ओडको बुधबार बिहान ७ बजे करेन्ट लागेर मृत्यु भएको हो ।

घरमा पानी तान्ने मोटरबाट विष्णालाई करेन्ट लागेको थियो । उनलाई उपचारकोलागि सेती अञ्चल अस्पताल लगिएको थियो । अस्पतालमा पुग्नेबित्तिकै चिकित्सकले मृत्यु भइसकेकको घोषणा गरेका थिए । करेन्ट लागेर उपचारको लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।

विष्णा रवीकी कान्छी आमा हुन् । उनलाई जन्म दिने आमाको सानैमा मृत्यु भएको थियो । रवीका दुई भाइ र एक बहिनी छन् । रवीका बुबा र बहिनी भारतमा बस्दै आएका छन् ।

कन्चनपुरको गुलरियास्थित सामान्य परिवारमा जन्मेर नेपालकै चर्चित शो विजेता बनेका रवीले त्यो खुसी आमासँग लामो समय साट्न पनि पाएनन् । हाल उनी जिल्लाकै विभिन्न ठाउँमा सम्मान ग्रहण गर्न र कार्यक्रम गर्न व्यस्त थिए ।