बससँग ठोकिंदा मोटरसाइकल चालकको मृत्यु

ट्राफिक/प्रहरी मुख्य समाचार

भैरहवा, ९ पुस, रुपन्देहीको सैनामैना नगरपालिका-४ मुर्गियामा हिजो बेलुकी बस र मोटरसाइकल आपसमा ठोकिंदा मोटरसाइकल चालकको मृत्यु भएको छ । हिजो बेलुकी साँढे ७ बजे लु २ ख १३९ नम्बरको बस र लु ९ प ६९७ नम्बरको मोटरवसाइकल आपसमा ठोकिएर सो दुर्घटना भएको हो ।

मृत्यु हुनेमा सैनामैना नगरपालिका-६ का ३५ वर्षीय जगदिश चौधरी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते चौधरीको उपचारको क्रममा बेलुकी पौंने ८ बजे लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न दुवै सवारी साधन र बस चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ ।

Loading...