चलचित्र ‘अनागत’ को टिजर आयो (भिडियोसहित)

मनोरञ्जन मुख्य समाचार विषेश समाचार

काठमाडौँ, ५ पुस, करिब २ वर्षअघि निर्माण गरिएको चलचित्र ‘अनागत’को टिजर हालै सार्वजनिक गरिएको छ । साम्तेन भूटियाको निर्देशनमा बनेको ‘अनागत’ चलचित्रको एक मिनेट नौ सेकेण्डको टिजर युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

सस्पेन्स थ्रिलर जेनरामा बनेको यो फिल्ममा प्रियङ्का कार्की, अर्पण थापासहित प्रवीण खतिवडा, रोसिन सुवेदी, अरुण रेग्मी, सम्राट थापा, अनु शर्मा, मेधा आदिको अभिनय रहेको छ । रोसिन बालकलाकारको रुपमा पहिलोपटक ठूलो पर्दाको सिनेमामा देखिँदैछन् ।

यो फिल्मको निर्देशन र सम्पादन साम्तेन भुटियाले गरेका छन् । यो फिल्मलाई चन्द्र के. झा, छिरिङ लामु शेर्पा र साम्तेन भुटियाले संयुक्त रुपमा निर्माण गरेका हुन् । अनागतको कथा चन्द्र के. झाले लेखेका हुन् ।

माउन्टेन रिभर फिल्म र टिनी बट बिग पिक्चर्स यो चलचित्रका निर्माण कम्पनी रहेका छन् ।

प्राविधिक कारणले प्रदर्शनमा आउन नसकेको चलचित्र ‘अनागत’ अब भने प्रदर्शनमा आउने सम्भावना देखिएको छ । यो फिल्मका एक निर्माताको निधनले पनि फिल्म रिलिज डेट पछिसरेको थियो । प्रदर्शन मिति नतोकिए पनि टिजरसँगै गीत पनि आउने र चाँडै फिल्म रिलिज हुने निर्माताले जनाएका छन् ।