२३ मन्त्रीले लिन्छन् दोहोरो सुविधा

आजका पत्रपत्रिका मुख्य समाचार विषेश समाचार

काठमाडौँ, ५ पुस, प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारमा ‘शुन्य सहिनशीलता’ को नारा घन्काइ रहेका छन् तर उनी नेतृत्वका २४ मध्ये २३ मन्त्री र राज्यमन्त्रीले इन्धनमा समेत भ्रष्टाचार गरिरहेको तथ्य खुलेको छ । मन्त्रीपरिषद्का सदस्यहरुको पारिश्रमिक सेवा–सुविधासम्बन्धी ऐनअनुसार इन्धन खर्च लिइरहेका उनीहरुले मन्त्रालय वा मातहतका कार्यलयबाट तेल हालिरहेको तथ्याङ्क भेटिएको हो ।

अधिकांश मन्त्रीले मन्त्रालयमा सचिवस्तरीय निर्णय गराएर एक सय ५० देखि तीन सय लिटरसम्म इन्धन लिने गरेको भेटिएको आजको नयाँ पत्रिकाले लेखेको छ । केहीले आवश्यकताअनुसार भन्दै इन्धन लिने गरेका छन् । मन्त्रीका स्वकीय सचिवहरुले पनि गैरकानुनी रुपमा मन्त्रालयबाट गाडी, इन्धनलगायतका सुविधा र स्वकीय सचिवालयका अन्य सदस्यहरुले मोटरसाइकल र इन्धन लिने गरेका छन् ।

यसरी इन्धनमा दोहोरो सुविधा नलिनेमा अर्थमन्त्री डा. युवराज खतिवडा मात्रै देखिएका छन् । सुविधा लिनेहरुले पारिश्रमिक, भत्ता, सचिवालयसहित मासिक २ लाख ९१ हजार ५ सय ७५ र इन्धनबापत थप २१ हजार ३ सय २१ रुपैयाँ लिने गरेका छन् । यसमा रक्षामन्त्री ईश्वर पोखरेल अग्रपङ्तिमा देखिएका छन् । उनले इन्धन वापत २२ हजार ७ सय ६३ रुपैया लिएका छन् भने मन्त्रालयबाट मासिक २०० लिटर इन्धन पनि लिने गरेका छन् ।

को–को छन् दोहोरो सुविधा लिनेहरुः
उपप्रधान तथा रक्षामन्त्री – ईश्वर पोखरेल
गृहमन्त्री – रामबहादुर थापा
उर्जामन्त्री – वर्षमान पुन
यातायात मन्त्री – रघुवीर महासेठ
श्रममन्त्री – गोकर्ण विष्ट
सामान्य प्रशासन मन्त्री – लालबाबु पण्डित
उद्योगमन्त्री – मातृका यादव
सञ्चार प्रविधि मन्त्री – गोकुल बाँस्कोटा
वनमन्त्री – शक्ति बस्नेत
कानुनमन्त्री – भानुभक्त ढकाल
खानेपानी मन्त्री – विना मगर
सहरी विकासमन्त्री – मोहम्मद इस्तियाक राई
शिक्षामन्त्री –गिरिराजमणि पोखरेल
महिलामन्त्री – थममाया थापा लगायत