आज चिनिया कम्पनीसँग मोनोरेलको डीपीआर सम्झौता हुँदै

आजको बजार मुख्य समाचार विषेश समाचार

काठमाडौँ, ४ पुस, बहुचर्चित काठमाडौँ र ललितपुर महानगरपालिकामा चलाउने मोनोरेलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को सम्झौता आज हुने भएको छ । चाइना रेल्वे कम्पनी लिमिटेड (सीआरसी, ब्यूरो २५) र काठमाडौँ तथा ललितपुर महानगरपालिकाबीच आज डीपीआर निर्माण गर्ने सम्झौता हुन लागेको हो ।

सम्झौताकालागि सीआरसीका प्रतिनिधि नेपाल आइसकेका छन् । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यका अनुसार आज सो सम्झौता पत्रमा हस्ताक्षर हुनेछ र सीआरीले ६ महिनाभित्र डीपीआर तयार गरी बुझाउने छ ।

यस अघिको अध्ययनले काठमाडौँ र ललितपुरमा मोनोरेल सञ्चालनको सम्भावना रहेको देखाएको थियो । चक्रपथको कुल २७ दशमलव ५ किलोमिटरमा मनोरेल सञ्चालन गर्न कुल लागत एक खर्ब १६ अर्ब रुपैया लाग्ने पनि अध्ययनले अनुमान गरेको थियो । सो अध्ययनअनुसार रिङरोडका २१ स्थानमा स्टेशन रहनेछन् ।

तस्विर: सांकेतिक

Loading...