पूर्वप्रधानमन्त्री तुलसी गिरीको ९३ वर्षको उमेरमा निधन

मुख्य समाचार राजनीति विषेश समाचार

काठमाडौँ, ३ पुस, पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको आज बिहान बुढानिलकण्ठस्थित सिद्धार्थ कोलनीमा रहेको आफ्नै निवासमा निधन भएको छ । कलेजोको क्यान्सरको उपचार गराइरहेका पूर्वप्रम गिरीको आज बिहान ६ बजे ९३ वर्षको उमेरमा निधन भएको उनकी श्रीमती सराह गिरीले जानकारी दिएकी हुन् ।

सन् १९६० देखि सन् २००५ सम्म सक्रिय राजनीति गरेका गिरी पछिल्लो समय मुटु रोगबाट पीडित थिए । बीपी कोइरालाको मन्त्रीमण्डलमा सदस्यका रुपमा काम गरेका गिरीले प्रधानमन्त्री र तत्कालिन राजा ज्ञानेन्द्र शाहको शासनकालमा मन्त्री परिषद्को उपाध्यक्ष समेत भएका थिए ।

उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आज निवासमै राखिने र बुधबार पशुपतिमा अन्त्येष्टि गरिने श्रीमती गिरीले जानकारी दिएकी छिन् । गिरीका श्रीमती, दुई छोरा र चार छोरी छन् ।