३५ करोड लागतमा प्रविधि साथै अपाङ्गमैत्री सेवासदन बन्ने

कला/संस्कृति मुख्य समाचार

केशवराज भण्डारी, झापा, २९ मङ्सिर, जिल्लाको अर्जुनधारा नगरपालिका वडा नं. ६ मा सद्गुरु श्री देवचन्द्र सदन निर्माण हुने भएको छ । विर्तामोड नगरपालिका वडा नं. ५ सँग सिमाना जोडिएको अददुवा खोला पश्चिम पट्टि करिव ११ कठ्ठा क्षेत्रफलमा वन्ने सदन झापा जिल्लाकै ठुलो हिन्दु सदन हुने जनाइएको छ ।

श्री कृष्ण प्रणामी सेवा समिति नेपालले निर्माण गर्ने सो भवनको सिलान्यास धर्माचार्य जगत गुरु अनन्त श्री विभुसित १०८ श्री कृष्णमणी महाराज बाट सम्पन्न भएको छ । श्री कृष्ण प्रणामी सेवा समिति अर्जुनधाराका अध्यक्ष हरि कडरियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सेवा सदन निर्माण समितिका संयोजक कृष्ण वजगाईले स्वागत मन्तब्य राखेका थिए । करिव ६ सय हिन्दु प्रणामी धर्मावलम्बीहरुको सहभागिता रहेको सो कार्यक्रममा श्री कृष्ण प्रणामी सत्सङ समिति झापाका संयोजक मिलन बस्नेत, केन्द्रीय अध्यक्ष श्याम कृष्ण केसी लगायतले शुभकामना राखेको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष इन्जिनियर रेशम ढकालले बन्न लागेको भवनको नक्साको व्रिफिङ साथै लागतका बारेमा प्रष्ट पारेका थिए ।

४ हजार स्क्वायर फिट क्षेत्रफलमा बन्ने सदनको दायाँ तिर पार्किङ एरिया र गेटको देब्रे पट्टि डिस्प्ले सहितको सूचना केन्द्र प्रविधि रहने जनाइएको छ । प्रत्येक तलामा दुई हजारका दरले बस्न मिल्ने गरी पाँच तलाको प्रविधि तथा अपाङ्गमैत्री भवन बन्ने इन्जिनियर ढकालले बताए । प्रारम्भिक नक्सा मात्र तयार भएको बताउदै १ महिनामा यसलाई पूर्णता दिने र ३ वर्षमा भवनको निर्माण कार्य पुरा हुने पनि इन्जिनियर ढकालले बताए ।

सो सेवा सदनको अनुमानित लागत ३५ कारोड दाताहरुको तर्फबाट नै जुट्ने धर्माचार्य जगत गुरु अनन्त श्री विभुषित १०८ श्री कृष्णमणि महाराजले विश्वास ब्यक्त गरे । कार्यक्रममा आफ्ना भक्तजनलाई प्रवचन दिदै बन्न लागेका भवन सम्पूर्ण हिन्दूहरुको आस्थाको केन्द्र बन्नेमा सबैलाई विश्वस्त हुन अनुरोध समेत गरे ।

Loading...