मातृभाषा बोल्न र लेख्न जान्दैनन् पाँचथरका गुरुङहरु

मुख्य समाचार विचार

– गुरुङ रामप्रकाश समथिङ

नेपाल सरकारले नेपाल आदिवासी जनजातिमा सूचीकृत गरेको जातिमध्ये गुरुङ जाति पनि एक हो । यो जातिको आफ्नो बास्तविक थातथलो अहिलेको गण्डक क्षेत्रको कालीगण्डकी र बुढीगण्डकी बीच भागमा पर्दछ । आज भन्दा १४०० सय वर्षअघि अहिलेको मंगोलिया देशको वरिपरिबाट यो गुरुङ समुदायको सांस्कृतिक विकास भएको भन्ने गुरुङ सम्बन्धीका आख्यान र दस्तावेजहरू उल्लेख छ । विभिन्न भूगोलहरू पार गर्दै वर्तमान चिनको सिन्चुआन प्रान्त तिबत हुँदै नेपालको अन्नपूर्ण हिमालको वारिपारिबाट हालको डोल्पा, मुगु, मुस्ताङ र मनाङ हुँदै गण्डक क्षेत्रमा प्रवेश पश्चात् संखुवासभाको रुम्जाटारबाट बसाइ सर्दै पूर्वतर्फ धनकुटाको मादीखर्क ताप्लेजुङ, पाँचथर, इलाम, सिक्किम, दार्जिलिङ, आसाम, मणिपुर र बर्मासम्म फैलिएर बसेको छ ।

इमानदार र सोझा बहादुर ठहरिएका गुरुङ जातिलाई पूर्वमा विभिन्न गढी, थुम र किल्लाहरूको अगुवाइ गर्न लगाएको इतिहासमा उल्लेख छ । काजी अभिमानसिं बस्नेतको समयमा सोलुको डिठ्ठा चम्बासिं गुरुङले वि.स. १८७२ मा आफ्ना फौज मार्फत टिष्टा नदी पारिसम्म विजय हासिल गरी फर्केर टिष्टा नदीमा आफ्ना हतियारहरू ढाल, खुँडा, खुकरी र तरबार पखालेको इतिहासमा उल्लेख छ । ति हतियारहरू आज पनि सिलीगुढी निवासी चम्बासिं कै सन्तान कर्णेल खड्कसिं गुरुङको घरमा सजाएर राखेको देख्न पाइन्छ । यसरी तत्कालीन शासक वर्गहरूले दिएको मान, पदवी र जिम्मेवारीहरूलाई पुरा गर्ने क्रममा आफ्नो मौलिक भाषा, संस्कार, संस्कृति र धर्मलाई विस्तारै भुल्दै गएको र शासक वर्गबाट लादिएको, धर्म, सस्कार र संस्कृतिलाई अपनाउनु पर्ने बाध्यताले पूर्वमा बसोबास बस्ने गुरुङहरूले आफ्नो मौलिक भाषा र लिपि छाड्दै गए । धर्म, कर्म र संस्कार संस्कृतिहरू छाड्दै गए । जसका कारणले आजसम्म यस क्षेत्रमा बसोबास गर्ने गुरुङहरूले आफ्नो मातृभाषा बोल्न र लेख्न जान्दैनन् ।

(अनुसन्धानमूलक लेख)

विस्तृत तल पढ्नुहोस् —