अस्मितालाई झापामा भव्य स्वागत

मनोरञ्जन मुख्य समाचार

उर्लाबारी, २४ मङ्सिर, चर्चित रियालिटी शो नेपाल आइडलको सिजन २ को टप ४ मा पुगेकी अस्मिता अधिकारीलाई झापामा भव्य स्वागत गरिएको छ । नेपाल आइडलको टप–४ मा पर्न सफल अस्मिता अधिकारी शनिबार झापा आएकी हुन् । दिउँसो १२ बजे भद्रपुर विमानस्थलमा उत्रिएकी अस्मितालाई विमानस्थलमै भव्य स्वागत गरिएको थियो ।

अस्मिताको स्वागतमा ठूलो संख्यामा शुभचिन्तक तथा आफन्तहरु विमानस्थल पुगेका थिए । हातमा फूलमाला बोकेर लामबद्ध लागेका शुभचिन्तकहरुले उनलाई स्वागत गरेका थिए ।

झापाको लखनपुर घर भएकी अस्मिताले गोल्डेन टिकट पाएर नेपाल आइडल सिजन–२ को यात्रा शुभारम्भ गरेकी थिइन् ।

Loading...