पन्ध्र वर्षपछि बन्यो धीरजको ‘तिम्रा नयन’ को भिडियो

आजको म्यूजिक मुख्य समाचार विषेश समाचार

काठमाडौँ, २३ मङ्सिर, नेपाली पपगीतका सशक्त हस्तीमध्येका एक हुन् धीरज राई । नेपालमा पप जेनराका गीतको वृद्धि र विकासमा उनको योगदान अतुलनीय छ । उनका ‘लुकीलुकी…’, ‘तिमी रुँदा…’, ‘तिम्रा नयन…’, ‘मुसुमुसु…’, ‘जाँदैछु टाढा…’, ‘सेक इट बेबे…’ जस्ता गीतहरु उनका कालजयी पपगीत हुन् । करिब १५ वर्षअघि नै आएका यी गीतहरु अहिले पनि उत्तिकै चर्चित छन् ।

धीरजले त्यही १५ वर्षअघि गाएको गीत ‘तिम्रा नयन…’ को भिडियो हालै तयार गरेका छन् । त्यतिबेला आफैँ मोडलिङ गरेर यो गीतको भिडियो तयार गरेका थिए तर अहिले यसलाई नयाँ रुपमा ल्याएका छन् ।

भिडियोमा अहिलेकी चर्चित अभिनेत्री अलिशा राई र विशाल गुरुङले मोडलिङ गरेका छन् । शिवराम श्रेष्ठले भिडियोका दृश्यहरु खिचेका छन् भने त्यसलाई विजेश पौडेलले सम्पादन गरेका छन् । यो भिडियोलाई विजेश पौडेलले निर्देशन गरेका हुन् ।

भिडियो निक्कै मार्मिक बनेको छ । सबै श्रोताको मन, मुटुमा बसेको ‘तिम्रा नयन…’ बोलको गीत नयाँ रुपमा दर्शकले हेर्न पाएका छन् । युट्युवमा हालिएको यो भिडियोलाई अहिले पनि धेरैले रुचाएका छन् । दर्शक, श्रोताहरुले यो गीतलाई अहिले पनि उत्तिकै माया गरिदिएकोमा गायक राई उत्साहित भएका छन् ।

भिडियो हेर्नुहोस्ः