छोराद्वारा बुबा र ठूलोबुबाको हत्या

मुख्य समाचार समाज

कैलाली, २१ मङ्सिर, लम्कीचुहा नगरपालिका–४ बलियाका जहवारलाल चौधरीले आज आफ्नै घरमा बुबा र ठूला बुबाको हत्या गरेका छन् । बिहान ओछ्यानमा सुतेको अवस्थामा जहवारले बुबा ५५ वर्षीय चक्रा थारू र ठूलोबुबा ६० वर्षीय पल्टु थारूको टाउकोमा चिरपट प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जैसीले जानकारी दिनुभयो ।

उनले आफ्नी आमा दिलबहारीदेवी चौधरी माथि पनि चिरपट प्रहार गरी घाइते बनाएका छन् । उहाँको टाउकोमा चोट पुगेको छ । गम्भीर घाइते उहाँलाई उपचारका लागि लालरत्न अस्पताल भर्ना गरिएको छ । प्रहरीले जहवारलाई पक्राउ गरेको छ । घटनाको अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक जैसीले बताउनुभयो ।(रासस)