सरकारका राम्रा कामलाई सञ्चारमाध्यमले बङ्ग्याएर सार्वजनिक गरेः मन्त्री बाँस्कोटा

मुख्य समाचार राजनीति

काठमाडौँ, २० मङ्सिर, सञ्चारमाध्यमले सरकारका राम्रा कामलाई बङ्ग्याई सार्वजनिक गरेको बताएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले यस्तो आरोप लगाएका हुन् ।

मन्त्री बाँस्कोटाले सरकारले सूचना नलुकाएको उल्लेख गरे । उनी सञ्चारमाध्यमप्रति सरकारको कुनै गुनासो भने नरहेको बताउँछन् ।

बाँस्कोटाले सूचना तथा प्रविधि क्षेत्रको चौँथो पुस्ता (फोर जी) को विस्तार एक वर्षभित्र सम्पन्न गर्ने गरी काम शुरु हुन लागेको जानकारी दिए । उनले भने, “विधि र प्रक्रिया पुर्याएर सरकारले फोर जी विस्तार कार्य शुरु गर्न लागेको छ ।” “अब विविध कारणले रोकिएको फोर जीको विस्तार कार्य एक वर्षभित्र सम्पन्न हुने गरी शुरु हुन्छ, गुणस्तरमा कुनै सम्झौता हुँदैन ।” सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले भने ।

संसद्को हिउँदे अधिवेशन आह्वानको तयारी भइराखेको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले नयाँ संसद् भवन निर्माण गर्न नक्शाङ्कन कार्य पूरा भएको जानकारी दिए ।

मन्त्री बाँस्कोटाले युनिभर्सल पिस फेडेरेशनद्वारा विगतमा पनि सम्मेलन आयोजना भएको र त्यसमा तत्कालीन नेता सहभागी भएको उदाहरण दिँदै सम्मेलनमा सहभागिता जनाउनु गलत कार्य नभएको प्रष्ट पारे ।

उनले निर्मला हत्याका अपराधी उम्किन नसक्ने बताउँदै हत्यारा पहिचानको खोजीकार्य प्राथमिकताका साथ भइराखेको जानकारी दिए ।

Loading...