सूर्तीजन्य र मादकपदार्थ निषेध गर्ने कार्य तिब्र

मुख्य समाचार विषेश समाचार स्वास्थ्य

केशवराज भण्डारी, झापा, १९ मङ्सिर, झापा जिल्लामा सामाजिक तथा सार्वजनिक महत्वका क्षेत्र वरपर मादक पदार्थ साथै सूर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने भएको छ । झापा जिल्लाका हरेक विद्यालय, अस्पताल, मन्दिर तथा सार्वजनिक महत्व बोकेका क्षेत्र र त्यसको वरिपरीको २ सय मिटरभित्र बिक्री वितरण गर्न नपाइने भएको हो ।

त्यस्ता क्षेत्रमा रहेका विभिन्न पसल तथा होटलहरुमा मादक पदार्थ साथै सूर्तीजन्य पदार्थ बिक्री वितरण गर्न, गराउन निषेध गर्ने कार्य विभिन्न निकायको सहयोगमा नेपाल प्रहरीले तिब्र बनाएको छ । ‘हर प्रहर गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मुल नाराका साथ नेपाल प्रहरी झापाले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अगाडि बढाएको छ । जसमा नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था, विद्यालय लगायतको प्रत्यक्ष सहभागिता रहने छ ।

पहिलो चरणको कार्यक्रम अन्तर्गत अस्पताल र विद्यालयको २ सय मिटरभित्र पर्ने होटल, किराना पसल, पानपसल लगायतमा जानकारीमुलक एवम् सूचनामुलक कार्यक्रम सञ्चालन गरिएको छ । आज सञ्चालन गरिएको कार्यक्रममा विर्तामोड नागरपालिका वडा नं. ५ मा पर्ने पुरानो इलाम स्टेण्डको उत्तर सगरमाथा चोकसम्मका पसलहरुमा मादक पदार्थ साथै सूर्तीजन्य पदार्थ यथासक्य चाँडो हटाउन हरेक पसल र होटलहरुमा जानकारी गराइएको छ । यो जानकारीलाई अटेर गरेर बिक्री वितरण गरेको पाइएमा सामान जफत गरिनुका साथै कानुन बमोजिम कारबाही गरिने सई सुन्दरलाल चौधरीले बताए ।

आज गरिएको जानकारीमूलक कार्यक्रममा नेपाल प्रहरीको टोलीसँगै देवी माद्यमिक विद्यालयका बाल क्लबका विद्यार्थीहरुको सहभागिता रहेको थियो । ब्यानर सहित हिँडेको टोलीले पसल छेउछाउमा जानकारीमुलक पोष्टर टाँस्ने काम गरेको छ ।

Loading...