सांसदले मागे वायुसेवा निगमका महाप्रबन्धकको राजीनामा

पर्यटन मुख्य समाचार विषेश समाचार

काठमाडौँ, १९ मङ्सिर, नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारको राजिनामा माग गरिएको छ । आज बसेको सार्वजनिक लेखा समितिको बैठकमा नेकपाका सांसद विशाल भट्टराईले कंशाकारको राजीनामा माग गरेका हुन् ।

समितिको बैठकमा वाईडबडी विमान गरिदमा भ्रष्टाचार भएको भन्दै महाप्रबन्धकले राजीनामा दिनुपर्ने कुरा उठेको थियो । समितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले निगमको विमान खरिद प्रकृयाको बारेमा छानविन गरिने आश्वासन दिएका छन् ।

बैठकमा वाइडबडी खरिदमा ब्यापक भ्रष्टाचार हुनु दुःखद रहेको भन्दै सांसदहरुले गम्भीर प्रश्न उठाएका थिए ।

Loading...