जेसिज सप्ताह सम्पन्न

मुख्य समाचार समाज

केशवराज भण्डारी, झापा, १९ मङ्सिर, कमल नगर जेसिजले सञ्चालन गरेको जेसिज सप्ताह विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ । शुक्रबार साँझ अबेर सम्पन्न कार्यक्रममा कमल गाउँपालिका भित्र रहेका माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीबीच आजको नेपाल अनि युवाको भूमिका विषयमा अन्तर माध्यमिक विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको थियो ।

प्रतियोगितामा १४ वटा विद्यालयका छात्र र छात्रा गरी २३ जना विद्यार्थी सहभागी रहेका थिए । प्रतियोगितामा हिमाली इङ्गलिस बोडिङ्ग स्कुल कमल–७ का आदर्श सिग्देल प्रथम, सोही विद्यालयकी योजना तिम्सिना द्वितीय, स्मारिका इङ्गलिस बोडिङ्ग स्कुल कमल–५ का विष्ण्ॉ विष्ट तृतीय तथा वण्डरव्याण्ड माध्यमिक विद्यालय, कमल– ३ की शिखा न्यौपानेले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । लालिमा आवसिय माध्यमिक विद्यालय कमल–३ का अनुपम सुवार र श्रृष्टि आङ्गवोहाङ्गको प्रस्तुति उत्कृष्ट भएको निर्णणक मण्डलका संयोजक आरवि थापाले जानकारी दिए । उत्कृष्ट विद्यार्थीलाई पनि प्रमाणपत्रसहित नगदबाट पुरस्कृत गरिएको थियो ।

त्यसैगरी कमल नगर जेसिज वर्ष २०१८ का अध्यक्ष तथा कमल गाउँपालिका वडा नम्बर– १ का वडाध्यक्ष जेसी केदार कटुवालले कमल–१ स्थित बाँसवारी आधारभूत विद्यालय कक्षा ९ मा अध्ययनरत रोशनी तामाङ्गको अभिभावकक्त्व ग्रहण गर्दै विद्यालय पोशाक, स्कुल व्याग र स्टेसनरी प्रदान गरेका थिए ।

प्रमुख अतिथि नेपाल जेसिज वर्ष २०१७ का अध्यक्ष प्रकाश अधिकारीले कमलनगर जेसिजको स्थापनाका लागि आफूले धेरै सहयोग गरेको र जेसिजकै नामका कारण यस गाउँपालिकाको नाम कमल गाउँपालिका रहन गएकोमा आफूलाई गर्व लागेको बताए ।
सप्ताह कार्यक्रमका मुल संयोजक जेसी विष्ण्ॉभक्त लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने विभिन्न संघ सस्था, व्यक्तिलाई सम्मानका साथै प्रशंसापत्र प्रदान गरिएको थियो ।

Loading...