क्यान्सरपीडितलाई आर्थिक सहयोग

मुख्य समाचार समाज

काठमाडौँ, १६ मङ्सिर डेढ वर्षदेखि रक्त क्यान्सरबाटपीडित हुनुभएकी होमकुमारी लामालाई आर्थिक सहयोग गरिएको छ । बेलायतमा बस्दै आएका नेपालीबाट सङ्कलन गरेर पठाइएको रु एक लाख ६८ हजार आज नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले उहाँलाई हस्तान्तरण गर्नुभयो । नेविसङ्घ उपाध्यक्ष उर्मिला थपलियाको आग्रहमा बेलायतमा बस्दै आउनुभएका नेपाल विद्यार्थी सङ्घका नेता राजन खकुरेलको सक्रियतामा रकम सङ्कलन गरिएको हो ।

रकम हस्तान्तरणपछि महामन्त्री डा कोइरालाले विदेशमा बसेर नेपाली चेलीको उपचारका लागि रकम सङ्कलन गरी पठाएर राम्रो कामको थालनी भएको बताउनुभयो । सामाखुशीस्थित सुुप्रिम कलेजमा स्नातक तह अध्ययनरत लामालाई बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएपछि आर्थिक समस्या परेको थियो ।

धादिङको नेत्रावती–४ की २३ वर्षीया लामाको अहिले सिभिल अस्पताल नयाँ बानेश्वरमा उपचार भइरहेको छ । यसअघि लामाको उपचारका लागि कोरियामा बस्दै आउनुभएका राजु भण्डारीबाट सङ्कलन गरेर पठाइएको  रु ४० हजार पाइसक्नु भएको छ ।(रासस)

Loading...