अब हरेक पाँच वर्षमा डाक्टरको परीक्षा, सय नम्बर नल्याए लाइसेन्स नै खारेज !

आजका पत्रपत्रिका मुख्य समाचार

काठमाडौँ, १६ मङ्सिर, डाक्टरहरुको स्वास्थ्य सेवामा चौतर्फी प्रश्न उठ्न थालेपछि अब हरेक पाँच वर्षमा उनीहरुको परीक्षा हुने भएको छ । गुणस्तरिय स्वास्थ्य सेवा र चिकित्सकको क्षमता वृद्धिका लागि भन्दै मेडिकल काउन्सिलले पाँच–पाँच वर्षमा परीक्षा लिन लागेको हो ।

यसअघि एकपटक लाइसेन्स पाएपछि डाक्टर सधैँकालागि सेवामा योग्य हुने व्यवस्था थियो । तर, अब हरेक पाँच वर्षमा हुने परीक्षामा सय नम्बर ल्याएपछि मात्रै लाइसेन्स नवीकरण हुनेछ । सय नम्बर नल्याउने डाक्टरको लाइसेन्स नै खारेज हुनेछ ।

‘यसअघि डाक्टरले एकपटक लाइसेन्स लिएपछि आजीवन दोहोर्याएर हेर्ने परिपाटी थिएन,’ नेपाल मेडिकल काउन्सिलका सदस्य प्रा.डा. सुदीप आचार्यले भने, ‘अब समय अवधि नै तोकेर अपडेट गर्ने भएका छौँ । उनीहरुले तोकेको कोर्स पुरा गर्नैपर्छ, सय नम्बर ल्याउनैपर्छ नभए लाइसेन्स खारेज हुन्छ । ९९ नम्बर ल्याए पनि विरामी जाँच्ने अधिकार खोसिनेछ ।’ आजको नयाँ पत्रिकाले समाचार छापेको छ ।

Loading...