पाए भूइकटहरले नयाँ घर, उद्घाटन कार्यक्रममा अशोक, टंक र डिजे आएनन् !

मनोरञ्जन मुख्य समाचार

मंसिर १४ दमक, अशोकको कारणबाट भाइरल बनेका झापा दमकका बाल कलाकार टिकाराम धिमाल (भूइकटहर) को परिवार बिहीबारबाट आफ्नै घरमा बस्न थालेका छन् ।

अशोकले एक स्टेजमा मेरो साथी भुइकटहर पनि छ भनेपछि एकाएक यूटुवरहरुको घेरामा परेर जीवन स्तर परिवर्तन भएको भूइकटरको जीवनबाट थाहा हुन्छ मानिसको भाग्य परिवर्तन हुन कुनै समय चाहिदैन । तर तिनै साथी अशोक आफ्नो घर उद्घाटनमा नआउदा भने भूइकटहरको परिवार निरास बनेको थियो ।

दमक ३ मा घर निर्माण सम्पन्न भएसँगै एक कार्यक्रमको आयोजना गरी घर हस्तान्तरण गरिएको छ । सामाजिक संजाल युट्युवमा उनको पारिवारिक दर्दनाक भिडियो बाहिरिएपछि स्वदेश तथा विदेशमा रहेका सयौ नेपालीहरुले सहयोग गर्दै उनको घर निमाण सम्पन्न भएको शिक्षक दिपक सर बताउँछन् ।

भूईकटहरको घर निर्माणका लागि भन्दै विदेशमा रहेका नेपालीहरुले रकम पठाएको कारण आज धिमाल परिवारले ओत लाग्न पाएको हो । सामाजिक अगुवा पूर्ण वाइबाको संयोजकत्वमा गठित घर निर्माण समितिले ६ महिनामा सम्पन्न गरेर हस्तान्तरण गरेको हो ।

सानो तर चिटिक्क परेको उक्त घरको लागत घरमा राखिएका सम्पूर्ण श्रृंगारिक तथा किचन सामान सहित ७ लाख ७९ हजार रहेको घर निर्माण तथा आर्थिक समितिका संयोजक वाइबाले जानकारी दिए । उनले घर हस्तान्तरणका क्रममा आयोजना गरिएको कार्यक्रमको सम्पूर्ण खर्च १४ लाख लागेको बताए । भने जग्गा खरिदमा ५ लाख २५ हजार लागेको उनले जानकारी दिए । भूइकटहरको नाममा अझै ४ लाख बचत समेत गरिदिएको पनि वाइबाले जानकारी दिए । उहाँले भूइकटहरको परिवारको दुःख देखेर आफ्नो गाँस काटेर रकम पठाउने कसैको मनमा ठेस नलागोस् भनि तामझामका साथ खर्च नगरी कम खर्चमा घर हस्तान्तण कार्यक्रम गरेको पनि बताए ।

उनले आफ्नो नाममा सहयोग पठाउने सबैको नामावली र रकम सामाजिक संजालमा राखिएको र सो हेर्न पनि सबैमा अनुरोध पनि गरेका छन् ।

Loading...