सरकार जोर–बिजोर प्रणालीबाट पछिहट्यो, आजबाट लागू नहुने

ट्राफिक/प्रहरी मुख्य समाचार

काठमाडौँ, १४ मङ्सिर, एसिया प्यासिफिक समिटकालागि आउने विदेशी पाहुनाको सुरक्षा र सहज आवतजातकालागि भन्दै मंसिर १३ गतेदेखि १६ गतेसम्मकालागि सवारी साधनमा लागु भएको जोर–बिजेर प्रणाली खारेज भएको छ । महानगरीय ट्राफिक महाशाखाले एक सूचना निकाल्दै शुक्रबार बिहान ११:३० बजेबाट जोर-बिजोर प्रणाली खारेज भएको जनाएको हो ।

सामाजिक सञ्जालमा सरकारको व्यापक विरोध भएपछि सरकार यो निर्णयबाट पछि हटेको छ । जोर–बिजोर प्रणालीले गर्दा काठमाडौँका नागरिकले सास्ती पाएको भन्दै सर्वत्र विरोध भएको थियो । केही संघसंस्था वा समूहले भने संगठित रुपमै यो निर्णयको विरोध गरेका थिए ।

नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगनकुमार थापाले जोर-बिजोर प्रणाली ठिक नभएको भन्दै सामाजिक सञ्जालमार्फत उल्लंघन गर्न आह्वान गरेका थिए ।

यसअघि नै विवादित संस्थाको कार्यक्रममा सरकार आयोजक बसेको भन्दै विरोध भएको थियो । तर सरकारले आयोजक नभई भिआइपीको सुरक्षा मात्रै हेर्ने भनेर स्पष्ट पार्नुपारेको थियो । जसले गर्दा पनि सरकारप्रति थप दवाव परेको हो ।

Loading...