बन्दना नेपालले गरिन् लगातार १ सय २६ घण्टा नृत्य, तोडिएला त विश्व रेकर्ड !

आजको म्यूजिक मुख्य समाचार विषेश समाचार

काठमाडौँ, १२ मंसिर, सत्र वर्षीया युवती बन्दना नेपालले गिनिज बुक अफ वल्र्ड रेकर्डका लागि लगातार १ सय २६ घण्टा नृत्य पुरा गरेकी छिन् । यसअघि राखिएको १ सय २३ घण्टा १५ मिनेटको रेकर्ड तोड्न र नयाँ रेकर्ड राख्न बन्दनाले लगातार १ सय २६ घण्टा नृत्य गरेकी हुन् ।
मंसिर ७ गते शुक्रबार बिहान ९ बजेबाट नृत्य सुरु गरेकी बन्दनाले बुधबार दिउँसो ३ बजे समापन गरेकी हुन् । भोक, निन्द्रा, थकान बिर्सेर उनले यो कठिन प्रयास पुरा गरेकी हुन् ।

उनको यो प्रयासमा हौसला दिन र समर्थन जनाउन देशका विशिष्ट कलाकारहरु, नेताहरु तथा अन्य सर्वसाधारणको उपस्थिति रहेको थियो । बुधबार आयोजित समापन समारोहलाई पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सम्बोधन गरे । उनले ठट्यौँलो पारामा भने, ‘बन्दना नेपाल, नेपाली चेली, समापन गर्ने माधव नेपाल नेपालको तीन संयोजन मिल्यो । मेरी नातिनीले नेपाल र नेपालीको शीर उँचो राखिन् । उनलाई बधाई छ ।’

यसअघि भारतको केरलाकी हेमलथा कलामण्डलमले राखेको रेकर्ड तोड्ने बन्दनाको प्रयास हो । गिनिज बुक अफ वल्र्ड रेकर्डले यसलाई प्रमाणित गरेमा अब हेमलथाको रेकर्ड तोडिने छ र बन्दनाको नाममा नयाँ रेकर्ड कायम हुनेछ । बन्दनाको नृत्य उपर्युक्त भए गिनिज बुकले केही दिनभित्र निर्णय गरी प्रमाणपत्र दिनेछ ।

Loading...