दक्षिणी अफगानिस्तानमा १२ आतङ्ककारी मारिए

मुख्य समाचार विश्व

टिरिन कोट, ११ मङ्सिर अफगानिस्तानको दक्षिणी प्रान्त उरुज्गानको देह रवाद जिल्लामा तालिबान आतङ्ककारी लुकेर बसेको स्थानलाई लक्ष गरी लडाकू विमानबाट गरिएको कारबाहीमा कम्तीमा १२ जना तालिबानीको मृत्यु भएको अफगान रक्षा मन्त्रालयले जनाएको छ ।

हवाई कारबाहीमा तालिबान समूहका एकजना प्रमुख कमाण्डर मुल्लाह जनानको पनि मृत्यु भएको सेनाको विज्ञप्तिमा जनाइएको छ । अफगानिस्तानमा सशस्त्र युद्ध जारी राखेको तालिबान समूहले यस विषयमा केही टिप्पणी गरेको छैन । सो क्षेत्रमा केही समययतादेखि तालिबानहरुको ठूलो चहलपहल हुन लागेको भन्ने सूचनाका आधारमा सो कारबाही गरिएको सेनाले जनाएको छ ।

Loading...