भलिबल प्रतियोगिता शुरु

खेलकुद मुख्य समाचार

हुम्ला, १० मङ्सिर सिमकोटमा आजबाट अन्तर गाउँपालिका स्तरीय भलिबल प्रतियोगिता शुरु भएको छ । जिल्ला प्रशासन कार्यालयको मैदानमा शुरु भएको खेलको उद्घाटन प्रजिअ मात्रवप्रसाद ढुङ्गाना र जिल्ला खेलकूद समितिका अध्यक्ष विनोद बाहेराले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । नवौँ सस्करणको उक्त खेलमा पुरुषतर्फ प्रथम विजेता टोलीलाई एक लाख, द्वितीयलाई रु ५० हजार र  तीतृयलाई रु २५ हजार रहेको आयोजक समितिका अध्यक्ष योङ स्टार क्लबका अध्यक्ष रबिनकुमार बस्नेतले जानकारी दिनुभएको छ ।

महिलातर्फको पुरस्कार राशि प्रथमलाई रु ५० हजार, द्वितीयलाई रु ३० हजार र तृतीयलाई रु २० हजार रहेको छ । भलिबल खेलका उत्कृष्ट खेलाडीलाई नगद रु २० हजार पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा सात गाउँपालिकाका पुरुष टोली र दुई महिला टोली सहभागी छन् ।

Loading...