थ्रेसरमा परी बालिकाको मृत्यु

मुख्य समाचार समाज

लमही, ८ मङ्सिर दाङमा धान दाउने क्रममा थ्रेसरमा परी एक बालिकाको  मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१६ मज्गैका शोमराज चौधरीका ६ वर्षीया छोरी बिपनाको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रेमबहादुर शाहीका अनुसार  आफ्नै खेतको धान दाउने क्रममा मेशिनमा परेर गम्भीर घाइते बिपनाको उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । थे्रसर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।